पियोर इनर्जीको आईपीओ विक्री खुला, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2025 | 09:34:50 AM मा प्रकाशित

nepal oil ltd

पियोर इनर्जी कम्पनीले बिहीबार (आज) देखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा विक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर निष्काशन गरेको हो।

कम्पनीले यसअघि स्थानीयलाई १ लाख ६० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १ लाख ४४ हजार कित्ता शेयर निष्काशन गरिसकेको छ ।

सर्वसाधारणका लागि खुला गरिएको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद वैशाख २ गते तोकिएको छ। तर सो अवधिमा मागअनुसार आवेदन नपरेको खण्डमा आवेदन दिने  म्याद वैशाख ११ गतेसम्म लम्बिने छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङले लिएको छ।

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved