पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2025 | 09:18:00 AM मा प्रकाशित

nepal oil ltd

पियोर इनर्जी कम्पनीले बिहीबारदेखि सर्वसाधारणका लागि निष्काशन तथा विक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर निष्काशन गरेको हो।

कम्पनीले यसअघि स्थानीयलाई १ लाख ६० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १ लाख ४४ हजार कित्ता शेयर निष्काशन गरिसकेको छ ।

सर्वसाधारणका लागि खुला गरिएको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। 

सीडीएसका अनुसार उक्त आईपीओमा सोमबार (चैत ३१ गते) साँझ ५ः०७ बजेसम्ममा १६ लाख ३४ हजार ४८९ जनाले १ करोड ९२ लाख ९४ हजार ७६० कित्ताको लागि आवेदन दिएका छन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङले लिएको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved