सान्भि इनर्जीको पहिलो चरणको आईपीओ बिक्री खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2025 | 09:32:19 AM मा प्रकाशित

nepal oil ltd

सान्भि इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको १० प्रतिशत बराबरको ८ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन गरेको हो ।

प्रतिकित्ता १०० रुपैयाँ दरको यो शेयर इलाम जिल्लाको इलाम नगरपालिका–१०, माईजोगमाई गाउँपालिका–१, माई गाउँपालिका–३ र ४, सूर्योदय नगरपालिका–१० तथा १ नम्बर वडाका स्थायी बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

त्यस्तै, कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये १० प्रतिशत अर्थात २ लाख ९१ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ। वैदेशिक रोजगारीमा रहेर नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूले यसमा आवेदन दिन सक्नेछन्।

आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आयोजना प्रभावित क्षेत्रका लागि खुला भएको आईपीओमा छिटोमा वैशाख १९ गते र ढिलोमा जेठ ३ गतेसम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन दिने अन्तिम मिति वैशाख १९ गते तोकिएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले आयोजना स्थल, नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु र नबिल बैंक, कुमारी बैक र ग्लोबल आईएमई बैंकको फिक्कल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले तोकिएको संकलन केन्द्र मार्फत भौतिक रुपमा शेयर खरिद आवेदन दिनका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाइ आवेदन फाराम प्राप्त गर्न सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved