होटल सारथीले १५ करोडको आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2025 | 08:00:27 PM मा प्रकाशित

nepal oil ltd

होटेल तथा पर्यटन क्षेत्रको अग्रणी ब्रान्ड 'होटेल सारथी प्रा.लि.' ले आगामी आर्थिक वर्षभित्र १५ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । यसका लागि होटेल सारथी र सिटिजन्स क्यापिटल लिमिटेडबीच आइतबार धुलिखेलमा आयोजित विशेष समारोहमा आईपीओ व्यवस्थापनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

होटेल सारथीका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार होटेल सारथीले आफ्नो जारी पूँजीको ३० प्रतिशतबराबर १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्नेछ  । सेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

सन् २०१५ मा स्थापना भई २०७६ सालको चैत्रदेखि संचालनमा आएको होटेल सारथी धुलिखेलस्थित एक प्रमुख पर्यटकीय गन्तव्यमा अवस्थित लक्जरी होटेल हो । हाल ८० वटा कोठा, चार वटा सभा हल, रूफटप इन्फिनिटी स्वीमिङ पुल, हिमश्रृंखला दृश्यावलोकनसहितको संरचना रहेको होटेलले छोटो समयमा नै उच्चस्तरीय पर्यटकको रोजाइ पाउन सफल भएको छ।

होटेलले स्थानीय खाद्यपदार्थमा आधारित मेनु, दक्ष जनशक्तिको विकास, रोजगारी सिर्जना तथा सामाजिक उत्तरदायित्वमा समेत सक्रिय भूमिका खेल्दै आएको छ। १९ रोपनीमा फैलिएको यस होटेल परिसरभित्र अर्गानिक फार्म, हेलिप्याड, पिकनिक स्थल, स्पोट्र्स सेन्टर लगायत संरचना निर्माणाधीन अवस्थामा छन्।

सारथी समूहले सौराहामा दोस्रो प्रोपर्टी संचालनमा ल्याइसकेको र आगामी दिनमा अन्य प्रमुख गन्तव्यमा पनि ब्राण्ड विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ। यो आईपीओले लगानीकर्तालाई पर्यटन क्षेत्रमा प्रत्यक्ष साझेदार बन्ने अवसर दिनेछ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved