पियोर इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न, कसरी हेर्ने नतिजा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2025 | 09:29:08 AM मा प्रकाशित

nepal oil ltd

पियोर इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। आईपीओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय, नारायणचौर नक्साल, काठमाडौंमा बिहान ८ः३० बजे बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा अत्यधिक आवेदन परेका कारण लाखौं लगानीकर्ताको हात भने खाली भएको छ। गोलाप्रथामार्फत १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले शेयर पाएका छन् । आईपीओमा १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएकामा १८ लाख ४६ हजार ६६४ जनाको आवेदन मात्र स्वीकृत भएको थियो । 

कम्पनीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता आईपीओ जारी गरेको हो। यसमध्ये केही कित्ता कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याइएपछि बाँकी शेयर सर्वसाधारणलाई छुट्याइएको थियो।

लगानीकर्ताले आईपीओको नतिजा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ र मेरो शेयर एकाउन्ट बाट हेर्न सक्नेछन् । त्यस्तै, सीडीएस एन्ड क्लियरिङले नतिजा हेर्न बनाएको वेबसाइट र कम्पनीको वेबसाइट​बाट पनि हेर्न सकिने छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved