सर्वोत्तम सिमेन्टले अस्पताल निर्माण गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2021 | 05:05:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नवलपरासीमा अवस्थित सिमेन्ट सर्वोत्तम समेन्टले आफ्नो सामाजिक उत्तरदायित्व  अन्तर्गत उक्त क्षेत्रमा १५ बेड क्षमता सहितको अस्पताल निर्माण गर्ने भएको छ। कम्पनीले सुनवल नगरपालिकालाई अस्पताल निर्माण गर्ने प्रतिबद्धता–पत्र प्रदान गरेको हो । सुनवलमा भएको एक कार्यक्रममा करीब ४ करोडको लागतमा सम्पन्न हुने उक्त अस्पताल निर्माणको प्रतिबद्धता–पत्र कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापा क्षेत्रीलाई प्रदान गरेका हुन्।

 कम्पनीका अध्यक्ष विष्णु न्यौपानेका पिता लिलाराम न्यौपानेको स्मृतिमा भीम अस्पताल, भैरहवामा बनेको लिलाराम न्यौपाने आकस्मिक कक्षको समेत उद्घाटन भएको छ । उक्त अत्यधुनिक कक्षमा २५ बेड सहित ३ वटा आई.सि.यू. तथा २ भेन्टिलेटर समेतको सुविधा रहेको छ  भने सो २ तले भवनको निर्माण लागत ३ करोड २५ लाख रहेको छ । 

सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो । कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ । उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि.२ सम्म रहेको छ । यति मात्र नभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न कम्पनीले नेपालमै पहिलो पटक एक्स–रे डिफ्राक्सन मेशिनको प्रयोग गर्दै आएको छ ।

यसैगरी, सिमेन्टले अब आफ्नो उद्योेगको उत्पादन क्षमता ४०,००० बोरा प्रति दिन बाट बढाई ६०,००० बोरा बनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved