ओपीसी ब्राण्डका २६ सिमेन्टः त्रिशक्ति सबैभन्दा सस्तो, उदयपूर अत्याधिक महँगो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2021 | 03:03:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सिमेन्ट उद्योगहरुमा वैदेशिक लगानी सम्बन्धि अध्ययन गरेको छ । सिमेन्ट उद्योगहरुमा वैदेशिक लगानी र यसले आर्थिक सामाजिक क्षेत्रमा पर्ने प्रभावको विषयमा गरिएको अध्ययनलाई राष्ट्र बैंकले बुँदागत रुपमा सार्वजनिक गरेको छ । 

अध्ययनले ५५ सिमेन्ट उद्योगमध्ये ३ वटामा प्रत्यक्ष वैदेशिक लगानी रहेको, २ वटा सरकारी स्वामित्वका र ५० वटा निजी स्वामित्वका रहेको देखाएको छ । तर, लगानी र उत्पादन क्षमता भने विदेशी लगानी रहेका उद्योगहरुकै बढी रहेको अध्ययनले देखाएको छ ।

अध्ययनमा सिमेन्टको ब्राण्ड अनुसारको मूल्य पनि उल्लेख गरिएको छ । मूल्यमा सबैभन्दा महँगो सरकारी स्वामित्वको उदयपूर सिमेन्ट देखिएको छ । उदयपूर सिमेन्ट उद्योगले उत्पादन गर्ने ५० किलो ओपीसी सिमेन्टको बिक्रि मूल्य ९०८ रुपैयाँ छ । सरकारी स्वामित्वकै हेटौँडा सिमेन्टको बिक्रि मूल्य ८८६ रुपैयाँ छ । 

निजी उद्योगहरुबाट उत्पादन हुने सिमेन्टको तुलनामा सरकारी स्वामित्वका उद्योगहरुबाट उत्पादन हुने सिमेन्ट महँगो देखिएको हो । 

निजी स्वामित्वको त्रिशक्ति सिमेन्ट सबैभन्दा सस्तो देखिएको छ । यसको बजार मूल्य ७१० रुपैयाँ प्रतिबोरा (५० किलो) छ । निजी क्षेत्रबाट सञ्चालित ३ ठूला सिमेन्टका ब्राण्डहरु घोराही सिमेन्ट, ओम सिमेन्ट र शिवम् सिमेन्टको प्रतिबोराको बिक्रि मूल्य ८०० रुपैयाँ छ ।

यी बाहेक सबै ब्राण्डका सिमेन्टको क्रिम मूल्य ८ सयभन्दा तल छ । 

कुन सिमेन्टको मूल्य कति ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved