एकसाथ १३ वर्षको साधारणसभा गर्दै उदयपुर सिमेन्ट, आईपिओ जारी गर्ने लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2021 | 12:24:18 PM मा प्रकाशित

laxmi  sunrise bank

उदयपुर सिमेन्टले एक साथ १३ वटा आर्थिक वर्षको साधारणसभा गर्ने भएको छ । कम्पनीले जेठ ३० गते आइतबार भर्चुअल माध्यमबाट एक साथ २० औ देखि ३३ औ साधारणसभा गर्न लागेको हो ।

साधारणसभामा आर्थिक वर्ष २०६३/६४ देखि आर्थिक वर्ष २०७६/७७ (२०औँ देखि ३३औँ) सम्मको सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०६४ देखि २०७७ सम्म तत् आर्थिक वर्षको आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको सन्दर्भ आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरू पारित गर्ने , आर्थिक वर्ष २०६३/६४ देखि २०७६/०७७ सम्मको महालेखा परिक्षकको कार्यालयबाट नियुक्त लेखापरिक्षक र निजले पाउने पारिश्रमिक अनुमोदन गर्ने तथा आर्थिक वर्ष २०७७।७८ का लागि लेखापरिक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने साधारण प्रस्ताव पेश हुने छ ।

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत अधिकृत पुँजी ४ अर्बबाट वृद्धि गरि १० अर्ब कायम गर्ने, सम्बन्धित निकायको स्वीकृति लिई उद्योगको नाममा रहेको ऋणको साँवा रकम १ अर्ब ७२ करोड ५० लाख र ब्याज रकम १ रकम ६६ करोड ९ लाख २० हजार गरि कुल रकम ३ अर्ब ३८ करोड ५९ हजार २० हजार २ सय लाई साधारण सेयर कायम गरि नेपाल सरकारको साँवा तथा ब्याज रकम राफसाफ गर्ने र सोहि अनुसार उद्योगको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पेश हुने छ । त्यस्तै प्रचलित कानून बमोजिम उद्योगको प्रबन्ध पत्र नियमावलीमा समय सान्दर्भिक संशोधन गर्ने, उद्योगको प्रबन्ध पत्र तथा नियमावली संशोधन प्रस्तावमा नियमनकारी निकाय जस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, कम्पनी रजिस्ट्रारको कार्यालय लगायतका निकायहरूले संशोधन, परिवर्तन वा थपघट गर्न निर्देशन दिएमा सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा थप÷घट गर्न प्रक्रियागत कार्यका लागि महाप्रबन्धकलाई अख्तियारि प्रदान गर्ने विशेष प्रस्ताव पेश हुने छ  ।

भविष्यमा सर्वसाधारणलाई आईपिओ जारी गर्ने लक्ष्य

कम्पनीका सदस्य सचिव तथा महाप्रबन्धक गोपिकृष्ण न्यौपानेले भविष्यमा सर्वसाधारणलाई पनि आईपिओ निष्काशन गर्ने लक्ष्य रहेको बताएका छन् । हाल भने नेपाल सरकारको ऋण र जापानले दिएको ऋणलाई साधारण शेयरमा परिणत गरि पुँजीकरण गर्नको लागि साधारणसभामा पेश गरिएको उनले बताए । उनका अनुसार अहिले सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने प्रस्ताव गरिएको छैन । तर अर्को फ्याक्ट्रीको लागि २ देखि ३ अर्ब रकम आवश्यक पर्ने भएकोले त्यसको लागि आईपिओ निष्काशन गरिने उनको भनाई छ । सोहि कारण अहिले नै अधिकृत पुंजीलाई बढाएर १० अर्ब पुर्याउने प्रस्ताव पेश गरिएको उनले बताए । नेपाल सरकारले अनुमति दिएमा सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने उनको भनाई छ ।

शुशासनको महत्वपूर्ण पाटो साधारणसभा भएको र आफु नियुक्त भएर आएको ४ महिनामा सबै प्रक्रिया पुरा गरेर रोकिएर रहेका १३ वटा आर्थिक वर्षको साधारणसभा गर्न लागिएको उनले बताएका छन्  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved