सिन्धुली र ओखलढुङ्गा जोड्ने पक्की पुल भत्कियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2021 | 07:24:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुली र ओखलढुङ्गा जोड्ने निर्माणधिन पक्की पुल बाढीले बगाएको छ । नवलपूरस्थित निर्माणाधिन पक्की पुल सुनकोसी नदीमा आएको बाढीले बगाएको हो ।

सिन्धुलीको फिक्कल गाउँपालिका–२ पोखरी र ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१ पलापु जोड्ने पक्की पुल बुधबार राती सुनकोसी नदीमा आएको बाढीले भत्काएको हो ।

चुँदी कन्ट्रक्सन सानेपा ललितपूरले २२ करोड लागतमा निर्माण सुरुवात गरेको २१० मिटर लामो पुलको स्ल्याब बाढीले बगाएको छ । फिक्कल गाउँपालिका–२ का वडाअध्यक्ष शंकर भण्डारीका अनुसार बाढीले नदीको बीच भागमा रहेको ४० मिटरको स्ल्याब बगाएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved