निर्माण व्यवसायी भन्छन्, ‘बजेटमा जे जे कुरा आए, सबै राम्रा छन्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2021 | 01:14:23 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्माण व्यवसायीले बजेटको स्वागत गरेका छन् । आफूहरुले दिएका सुझाव सत् प्रतिशत नसमेटिएपनि बजेटमार्फत आएका कुराहरु स्वगतयोग्य भएको निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले बताए । 

धरौटी रकम १०० प्रतिशत नै फिर्ता पाउनुपर्ने माग आफूहरुको रहेपनि बजेटमार्फत ५० प्रतिशत धरौटी फिर्ता दिने कुरा आएकोले यसलाई पनि व्यवसायीले स्वागत गरेको उनको भनाई छ । बक्यौता ब्याज रहेकोको हकमा साँवा र ब्याज बुझाउँदा जरिवाना नलिने, डिजेलको भ्याट फिर्ता, कोभिडको अवधिमा बैंक ग्यारेन्टीको म्याद सकिएका आयोजनाको कमिशन नलिई ग्यारेन्टीको अवधि थप गरिने लगायतका विषयले बजेट राम्रो आएको उनले बताए । 

अध्यक्ष रवि सिंहले पनि बजेट समग्रमा राम्रो आएकाले अब कार्यान्वयनमा सबैले साथ दिनुपर्ने बताएका छन् । विद्यार्थी, व्यवसायी, किसान सबैलाई समेटेर बजेट आएकाले विगतमा जस्तो आधा अवधिमा बजेट संशोधन हुने परिपाटी यसपटक दोहोरिन नहुने अध्यक्ष सिंहले बताए । 

आयोजनाको म्याद ६ महिना थप गर्ने भन्ने विषय उल्लेख भएपनि यो अलि स्पष्ट नभएको अध्यक्ष र महासचिवकै भनाई छ । २०७६ चैत ११ गतेदेखि लागू भएको पहिलो चरणको लकडाउनको प्रभाव अझै कायम रहेको र अहिले पनि लकडाउनकै अवधिमा रहेकाले ६ महिना म्याद थपको विषय कहिलेबाट लागू हुने हो भन्ने स्पष्ट हुनुपर्ने अध्यक्ष सिंहको भनाई छ । उनले बैशाखदेखि अहिलेसम्म काम हुन नपाएको र अब वर्षाको सिजन सुरु हुने भएकाले कार्तिकसम्म निर्माणको काम नहुने भन्दै बैशाखदेखि कार्तिकसम्म ‘कन्ट्रयाक्ट होलिडे’का रुपमा लिनुपर्ने बताएका छन् । 

पहिलाका आयोजनाको सबै भूक्तानी सकेर वा भूक्तानी सुनिश्चित गरेर नयाँ आयोजनाको काम सुरु गर्नुपर्ने भनेर महासंघले दिएको सुझाव भने सम्बोधन नभएको अध्यक्ष सिंहले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved