आईपिओ निष्काशनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टले पायो ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2021 | 11:54:20 AM मा प्रकाशित

laxmi  sunrise bank

 सर्वाेत्तम सिमेन्टले ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ ।  नेपाल गुणस्तर तथा नापतौल विभागले कम्पनीलाई साउन २२ गतेदेखि लागु हुने गरि  ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो ।

४३ ग्रेड  नेपालमै उत्पादन हुने सिमेन्टहरुमध्ये उत्कृष्ट ग्रेड हो । यसको ३ वर्षसम्म कायम हुने छ ।

नेपालको मध्य भाग नवलपरासीमा अवस्थित सर्वोत्तम समेन्टले देशकै सबैभन्दा उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ । कम्पनीले भनेको छ 'आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्कँदै धेरैभन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल सर्वाेत्तम सिमेन्ट देशका विभिन्न महत्वपूर्ण आधारस्तम्भ, गौरवशाली आयोजना तथा संरचनाहरु जस्तै धरहरा, सिंहदरबार, नागरिक लगानी कोष भवन, तथा बीर अस्पतालको निर्माणमा समेत उपयोग हुँदै आएको छ ।' यस ब्राण्डले उक्त ४३ ग्रेडका सिमेन्टहरु उत्पादन गरी गुणस्तरमा एक नयाँ आयाम प्राप्त गरेको जनाएको छ । 

कम्पनीले सर्वसाधारणलाई ६० लाख कित्ता आईपीओ निष्काशन गर्न तयारी गरेको छ।  कम्पनीको आईपिओ बुक विल्डिङ विधिबाट आउने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved