फलामजन्य निर्माण सामग्रीको भाउ आकाशियो, कुन बस्तुको मूल्य कति पुग्यो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2021 | 02:36:07 PM मा प्रकाशित

laxmi  sunrise bank

फलामजन्य निर्माण सामग्रीको मूल्य अत्याधिक बढेको छ । काठमाडौं जिल्ला दररेट निर्धारण समितिले चालु आर्थिक वर्ष २०७८/०७९ का लागि नयाँ दररेट निर्धारण गर्दै मूल्य बढाएको हो । 

समितिले फ्याब्रिकेसनको मूल्य ५५ रुपैयाँसम्म बढाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा प्रति वर्ग मिटरको ३३७ रुपैयाँ पर्ने फ्याब्रिकेसनको मूल्य चालु आर्थिक वर्षका लागि ३६३ रुपैयाँ तोकिएको छ । 

काँढेतारको मूल्य ९७ रुपैयाँबाट बढेर १०५ रुपैयाँ पुगेको छ । एमएस सोलिड स्वायर रडको मूल्य प्रति किलोग्राम ७० रुपैयाँबाट बढाएर ७५ रुपैयाँ पुर्याईएको छ । फलामे पाईपको मूल्य पनि प्रतिकेजी ८१ रुपैयाँबाट ८७ रुपैयाँ पुगेको छ ।

फलामका जालीको मूल्य पनि २५ रुपैयाँसम्म बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved