मिस नेपाल २०२० नम्रता श्रेष्ठले बनाउने पुलमा वृज सिमेन्टले सहयोग गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2021 | 05:13:09 PM मा प्रकाशित

laxmi  sunrise bank

मिस नेपाल २०२० नम्रता श्रेष्ठले आफनो ‘व्यूटी विथ ए पर्पाेज’ परियोजना अन्र्तगत धादिङ्गको निलकण्ठ गाउँपालिका १२ र १३ न.ं वडामा पर्ने चिरिन पुच्छर थोपल खोलामा बनाउने पुलमा वृज सिमेन्टले सहयोग गर्ने भएको छ । 

७३ मिटर लम्बाइको यो पक्की पुल निर्माणमा आवश्यक पर्ने सिमेन्ट केडिया अर्गनाईजेसन अन्र्तगतको संस्था वृज सिमेन्ट र पुष्पातारा केडिया सेवा फाउन्डेशनले संयुक्त रुपमा सहयोग गर्ने भएको हो ।

 यस कार्यक्रममा वृज सिमेन्ट ई. प्रा. लि.का तर्फबाट वृज सिमेन्टका अध्यक्ष्य ताराचन्द केडिया एवं इण्डष्टीजका कार्यकारी निर्देशक मोहित केडियाले मन्तव्य राखेका छन् । 

पुष्पातारा केडिया सेवा फाउन्डेशनले विभिन्न सामाजिक संघ संस्था लगायत विभिन्न क्षेत्रहरुमा आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बिभिन्न परियोजनाहरुलाई सहायता प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved