आईपीओको तयारीमा रहेको सोनापुर मिनरल्सले तिरेन ५४ करोड बक्यौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2021 | 11:08:23 AM मा प्रकाशित

laxmi  sunrise bank

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड प्रिमियममा आईपीओ निष्काशनको प्रक्रिया सुरु गरिसकेको कम्पनी हो । तर, यो कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई आधा अर्ब रुपैयाँ भन्दा बढी बक्यौता तिर्न बाँकी रहेको पाईएको छ ।

सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले प्राधिकरणलाई ५४ करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । आईपीओ निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको कम्पनीले माटो रकम बक्यौता तिर्न बाँकी रहेको खुलेको हो ।

औद्योगिक घरानाको रुपमा विस्तार हुँदै आएको तायल समूहको यो कम्पनीले २०७४/०७५ देखि बक्यौता नतिरेको पाईएको हो । 

यस विषयमा कम्पनीका सञ्चालक निपेश तायलसँग सम्पर्क गरी किन बक्यौता नतिरेको भनी जानकारी लिन खोज्दा उनीसँग सम्पर्क भएन ।

सोनापुर मिनरल्स् एण्ड आयलले स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणलाई गरी २ करोड कित्ता शेयर निष्काशन गर्ने तयारी थालेको छ । 

दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो ।  कम्पनीले सोना सिमेन्ट, सोना टेक सिमेन्ट, सोनाली सिमेन्ट, सोना चाँदी सिमेन्ट, सोनापुर सिमेन्ट र सोनाश्री सिमेन्ट उत्पादन गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved