फलामे छडको मूल्य किलोमा ४ रुपैयाँले घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2021 | 12:15:01 PM मा प्रकाशित

laxmi  sunrise bank

बजेटको सकारात्मक प्रभावका कारण फलामे छडको मूल्य घट्न सुरु गरेको छ । नेपाल फलामे छड उत्पादक संघले आफ्ना सदस्यहरुलाई प्रतिकिलो ४ रुपैयाँका दरले मूल्य घटाएर बिक्रि गर्न अनुरोध गरिसकेको छ ।

साहिल अग्रवाल नेतृत्वको यो संघले सरकारले भदौ २५ गते ल्याएको बजेटबाट स्पंज आइरनमा भएको भंसार छूट तथा स्थानिय फलामे उत्पादनमा अन्तशुल्क नलाग्ने व्यवस्थाले नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी ४ रुपैयाँले घट्ने जनाएको छ ।

‘बजेट पछिका तीन हप्तामा अन्तराष्ट्रिय बजारमा फलामे छडको कच्चा पदार्थ विलेट तथा विलेटको कच्चा पदार्थ स्पंज आइरनमा १२% भन्दा बढीले मूल्य वृद्धि भएको र सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा नेपाल सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रति केजी रु ४/- घटाई फलामे छड बिक्रि वितरण गर्नुहुन सम्पूर्ण उद्योगीहरुलाई अनुरोध गर्दछौं’ संघले भनेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved