२० प्रतिशतले बढ्दै सिमेन्टको भाउ, यस्तो छ कारण

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 21, 2021 | 11:12:49 AM मा प्रकाशित

laxmi  sunrise bank

सिमेन्टको भाउ बढ्ने भएको छ । आन्तरिक प्रतिस्पर्धाले ओपीसी सिमेन्टको भाउ बोरामा १ सय रुपैयाँ सस्तो भईरहेको बेला अन्तराष्ट्रिय बजारका कारण अब सिमेन्ट महँगो हुने भएको हो ।

गत वर्षको तुलनामा यस वर्ष सस्तो भएको सिमेन्टको भाउ अब अन्तराष्ट्रिय बजारमा कोइलाको मूल्य बढेका कारण आकाशिने भएको हो । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाका अनुसार विश्व बजारमा कोइलाको भाउ ४५० प्रतिशतसम्म बढेको छ । जसको असर नेपाली सिमेन्ट उद्योगमा पनि पर्ने भएको हो ।

‘अन्तराष्ट्रिष्य बजारमा कोइलाको भाउ ४५० प्रतिशतसम्म बढेको छ, नेपालमा १४ रुपैयाँ किलोमा आइपुग्ने कोइला अब ३२ रुपैयाँ पर्ने भएको छ’ अध्यक्ष थापाले भने, ‘एक बोरा तयारी सिमेन्टको मूल्यमा २० प्रतिशत कोइलाको हिस्सा हुन्छ । अहिले एक बोराको फ्याक्ट्री मूल्य ६ सय रुपैयाँ छ भने यसको २० प्रतिशत अर्थात् १२० रुपैयाँ हिस्सा कोइलाको हुन्छ ।’

कति बढ्छ ?

अध्यक्ष थापाले सिमेन्टको भाउ बोरामा २० प्रतिशत नै बढ्ने बताएका छन् । विदेशमा अहिले कोइलाको मूल्य बढेको मात्रै नभई कोइलाको अभाव नै रहेकाले नेपाली उद्योगहरुले कोइला पाउनै मुस्किल रहेको उनको भनाई छ । 

जसका कारण १५ दिनभित्रै सिमेन्टको मूल्य २० प्रतिशत महँगिने उनको दाबी छ । कोइलाको मूल्य बढ्नु भनेको उत्पादन लागत बढ्नु भएकाले अब फ्याक्ट्री मूल्यमै एक बोरा ओपीसी सिमेन्टको मूल्य १२० रुपैयाँसम्म बढ्ने अनुमान गरिएको छ ।

अहिले कति छ सिमेन्टको भाउ ?

नेपाली उद्योगहरुबीच अहिले तीव्र प्रतिस्पर्धा छ । एक बोरा (५० किलो) ओपीसी सिमेन्टको फ्याक्ट्री मूल्य अहिले ५ देखि ६ सय रुपैयाँ छ । उद्योगबाट बिक्रेतासम्म पुग्दा यसमा २० प्रतिशत बढ्ने गरेको छ ।

त्यस्तै एक बोरा पीपीसी सिमेन्टको फ्याक्ट्री मूल्य अहिले ४ देखि ५ सय रुपैयाँ छ ।

कोइलाको मूल्य बढेका कारण अबको २ हप्ताभित्र सिमेन्ट नयाँ मूल्यमा बजारमा आउने अनुमान हुन थालिसकेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved