फलामे डण्डीको भाउ इतिहासकै उच्च, कतिसम्म पुग्ला मूल्य ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 10, 2022 | 12:51:58 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्माणको सिजनमै निर्माण सामग्रीको भाउ आकाशिएको छ । निर्माण सामग्रीमध्ये फलामे डण्डीको भाउ हालसम्मै उच्च बिन्दुमा पुगेको छ ।

रुस–युक्रेन बीचको तनावका कारण फलामे डण्डीको मूल्य आकाशिएको उद्योगी व्यवसायीहरुको भनाई छ । काठमाडौँ उपत्यकामा फलामे छडको भाउ प्रतिकिलो १३५ रुपैयाँसम्म पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

१ महिनामा ६० रुपैयाँ मूल्य बढ्यो

नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले पछिल्लो १ देखि डेढ महिनाको अवधिमा फलामे डण्डी प्रतिकिलो ५० देखि ६० रुपैयाँले महँगिएको बताएका छन् । बुधबार महासंघले आयोजना गरेको पत्रकार सम्मलेनमा पाण्डेले डिजेलमा करिब ५० रुपैयाँ मूल्य बढेको भन्दै निर्माणका काम गर्नै नसकिने अवस्थामा पुगिसकिएको बताएका हुन् ।

नेपाल स्टिल बिलेट उत्पादक संघका अध्यक्ष विष्णु न्यौपाने भने अन्तराष्ट्रिय बजारमा कच्चा फलामको मूल्य अत्याधिक बढेको र त्यसको प्रभाव नेपालमा पनि परेको बताउँछन् । 

‘डण्डीको भाउ धेरै बढेको छ’ न्यौपानेले भन्छन्, ‘फलाडे डण्डीको भाउ ११०÷१२ रुपैयाँ प्रतिकिलोभन्दा माथि पुगेको थाहा थिएन, अहिले इतिहासकै महँगो भएको छ ।’

रुसले युक्रेनमाथि आक्रमण सुरु गर्नु अगाडीसम्म नेपाली बजारमा डण्डीको भाउ प्रतिकिलो ९७ देखि १०५ रुपैयाँसम्म थियो ।

रुस र युक्रेन नै फलाम निर्यात गर्ने ठूला देश

रुस र युक्रेन दुबै देश फलाम निर्यात गर्ने विश्वकै ठूला देश हुन् । अहिले यी दुई देशबीच नै युद्धको स्थिती सिर्जना भएपछि अन्तराष्ट्रिय बजारमा फलामको ‘सप्लाई चेन’ नै बिग्रिएको व्यवसायीहरुको भनाई छ । सप्लाई नै घटेपछि भाउ बढेको हो । 

पछिल्लो १ हप्तामै विश्व बजारमा फलामको मूल्य १०० अमेरिक डलरले बढिसकेको छ । रुस–युक्रने वाक युद्ध चलिरहेको तर भौतिक युद्ध सुरु हुन अघि फलामको मूल्य ५५० अमेरिकी डलर थियो । अहिले बढेर ७६५ अमेरिकी डलर भन्दा माथि पुगिसकेको छ । 

चाँडै फलामको भाउ प्रतिकिलो १५० रूपैयाँसम्म पुग्न सक्ने अनुमान उद्योगी व्यवसायीको छ । 

भाउ बढ्दा उद्योगले उत्पादन गर्नै नसक्ने र बजारमा डण्डीको अभाव हुन सक्ने पनि अनुमान हुन थालेको छ । भाउ बढ्दा माग नहुँदा उद्योगले मुस्किलले गरेका उत्पादन पनि बिक्रि नहुने जोखिम बढेको छ ।

खाने तेल, पेट्रोलियम पदार्थ, सुन लगायतका गरहगना बनाउने धातुको भाउ पनि आकाशिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved