मूल्यवृद्धि फिर्ता नभए देशभर काम रोकिदिने निर्माण व्यवसायीको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2022 | 11:19:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल निर्माण व्यवसायी महासंघले मूल्य वृद्धि समायोजन नगरिए ‘कन्ट्रक्सन होलिडे’मा जान बाध्य हुने चेतावनी दिएको छ । 

पेट्रोलियम पदार्थ, निर्माण सामग्री लगायतको भाउ अचाक्ली बढेको भन्दै महासंघले मूल्यवृद्धि समायोजन नगरिए निर्माण काम ठप्प पार्ने चेतावनी दिएको हो ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष रबि सिंहले बिटुमिन, नदीजन्य निर्माण समाग्री (क्रसर, बालुवा, गिट्टी), सिमेन्ट, फलाम, छड, पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मट्टितेल)को मूल्य भारी मात्रामा बढेको भन्दै मूल्य वृद्धि अनुसारको लागत लागत समायोजन वा मूल्य वृद्धि फिर्ता नलिए काम रोक्ने चेतावनी दिएका हुन् । 

महासंघले सबै खालमा निर्माण सम्झौतामा निर्माण व्यवसायीले मूल्य वृद्धि पाउनेगरी सार्वजनिक खरिद अनुगमन कार्यालयबाट मूल्य समायोजनका लागि विशेष व्यवस्था गर्न प्राविधिक मार्गदर्शन–२ जारी गर्न पनि माग गरेको छ । 

महासंघका महासचिव रोशन दाहालले २०६५/०६६ सालमा मूल्य समायोजन सम्बन्धी प्राविधिक मार्गदर्शन–१ सार्वजनिक भएपनि त्यसयता सयौँ गुणा मूल्य बढेपनि समायोजन सम्बन्धी कुनै पनि मार्गनिर्देशन जारी नभएको बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved