एएसी इँटाको ब्रान्ड एम्बास्डरमा रवि लामिछाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2022 | 02:56:51 PM मा प्रकाशित

laxmi  sunrise bank

एएसी इँटाको ब्रान्ड एम्बेस्डरमा सञ्चारकर्मी रवि लामिछाने नियुक्त भएका छन् । 

शुक्रबार एक कार्यक्रमका बीच एएसी इँटा उद्योग प्रालिका अध्यक्ष निकोलस पाण्डेले सञ्चारकर्मी लामिछानेलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेका हुन् । 

निरन्तर ६० घण्टाभन्दा बढी टेलिभिजन कार्यक्रम सञ्चालन गरेर विश्व रेकर्ड कायम गरेका लामिछानेलाई ब्रान्ड एम्बेस्डरका रुपमा सहकार्य गर्न पाउँदा खुसी लागेको अध्यक्ष पाण्डेले बताए । एएसी इँटाप्रति आममानिसको भरोसा दिलाउन लामिछानेलाई छनौट गरिएको पाण्डेले बताए । 

‘जसरी सञ्चारकर्मी लामिछानेप्रतिको भरोेसा आमसर्वसाधारणमा छ, त्यसैगरी इँटामा पनि भरोसा दिलाउने हाम्रो उद्देश्ये हो’ अध्यक्ष पाण्डेले भने । 

निर्माण जगतमा नयाँ आयाम थप्ने योजनाका साथ २०७२ सालको भूकम्पपछि फुरेको सोचलाई उद्योगसम्म पुर्याउन सफल भएको बताउँदै यसलाई सबैले अपनत्व हुने गरी गुणस्तरमा ध्यान दिँदै आएको उनले बताए ।

यस्तै ब्रान्ड एम्बेस्डर लामिछानेले युवाहरुको सोच र जोसलाई साथ दिनका लागि यो कम्पनीसँग आबद्ध भएको बताए ।  

३ बर्षको लागि ब्राण्ड एम्बेस्डरका रुपमा एएसी इँटासँग जोडिएको बताउँदै लामिछानेले गुणस्तरमा कुनै सम्झौता नगर्नसमेत आग्रह गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved