१० गुणाले कर बढेपछि घ्यु तेल उत्पादक संघले भन्यो 'सबै उद्योग बन्द हुन्छन्'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2023 | 09:27:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वनस्पति घ्यु तेल उत्पादक संघले बजेट मार्फत खानेतेलको कच्चा पदार्थमा बढाईएको भन्सार महशुल शुल्क संशोधन गर्न माग गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत भन्सार महशुल शुल्क १ प्रतिशतबाट बढाएर १० प्रतिशत बनाएसंगै संघले उक्त व्यवस्था तत्काल संशोधन गर्न माग गरेको हो ।

हाल २०८०/८१ को बजेटले  भंसार महशुल १०% कायम गरेकोले उद्योगहरु धरासायी हुन जाने संघले जनाएको छ । यसको सिघ्र समाधान नगरेको खण्डमा सम्पुर्ण उद्योगहरु वन्द हुन जाने र यसले समग्र अर्थतन्त्रमा प्रत्यक्ष रुपले गम्भिर असर पार्ने चेतवानी संघले दिएको छ।  यसलाई तत्कालै सच्याई पुनः भन्सार महशुल १ % मात्र कायम गर्न संघले अनुरोध गरेको छ।


संघका अनुसार भारत सरकारले २०७९ जेठ १० गतेवाट उच्च महङ्गीको चापवाट उपभोक्ताहरुलाई राहत दिनका लागी खाने तेलको भन्सार महशुल 0% र GST ५% मात्र कायम गरेको छ । नेपालमा कच्चा पदार्थमा १०% भंसार महसुल र मु.अ. कर १३ % गरी सरदर २५ % लागी आएको हुँदा यसवाट स्वदेशी उद्योगहरुको उत्पादन लागतमा वृद्धि हुन गई भारतवाट अनाधिकृत रुपमा छ्यापछ्याप्ति कम गुणस्तरका तेल भारत र नेपालको झण्डै २० प्रतिशतको महशुल दरको अन्तरले गर्दा सरकारको राजश्व र स्वदेशी उद्योगहरुलाई गम्भिर प्रतिकुल आर्थिक असर पर्न गएको थियो ।

सो कुराको संघले ध्यानाकर्षण गराएपछि नेपाल सरकारले “आर्थिक ऐन २०७९ को दररेट संशोधन सम्बन्धी” नेपाल राजपत्र मिति २०७९ भाद्र २३ गते मार्फत कायम १० % भंसार महशुललाई १% कायम गरेको थियो । यसले उद्योहरुमा परिरहेको मर्का कम भई भारतबाट अनाधिकृत ब्यापारमा कमी आएको संघले जनाएको छ। संघले फेरि पनि दररेट संशोधन गर्न आग्रह गरेको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved