सिमेन्टको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2023 | 01:23:19 PM मा प्रकाशित

laxmi sunrise bank

सिमेन्टको भाउ बढेको छ । निर्माणको सिजन सुरु हुनै लाग्दा सिमेन्टको भाउ बढेको हो ।

समान्यतया दशैँ, तिहार र छठ पर्वपछि भौतिक निर्माणको सिजन हुन्छ । तर, यो सिजनमा महँगी बढ्दै आएको छ । यसपाली दशैँ अगाडी नै उद्योगहरुले सिमेन्टको भाउ बढाएका हुन् ।

सिमेन्ट उत्पादक संघका महासचिव केपी उप्रेतीका अनुसार पश्चिमतिर भाउ बढिसकेको छ भने काठमाडौँ आसपास पनि अब भाउ बढेर आउनेछ । उनले भारतमा कोइलाको भाउ बढेकाले अहिले नेपालमा सिमेन्टको भाउ प्रतिबोरा ३० देखि ५० रुपैयाँ बढेको बताए ।

‘कोइलाको भाउ बढेका कारण सिमेन्टको भाउ बढेको छ, प्रतिबोरा ३० देखि ५० रुपैयाँ बढेको छ, भैरहवाबाट पश्चिमतिर बढी महँगो हुने देखिन्छ’ उप्रेतीले भने, ‘काठमाडौँमा अहिले सप्लाई नै छैन, तर यहाँ पनि अब केही दिनमै प्रतिबोरा १५ देखि २० रुपैयाँ बढ्ने देखिन्छ ।’

सिमेन्ट उद्योगका लागि कोइला अत्यावश्यक कच्चा पदार्थ हो । सिमेन्टका लागि किल्ङ्कर बनाउन कोइला चाहिन्छ । नेपालका उद्योगहरुले भारतबाट कोइला आयात गर्दै आएका छन् । भारतमा अहिले कोइलाको भाउ शत् प्रतिशतसम्म बढेकाले सिमेन्टको भाउ बढेको उद्योगीहरु बताउँछन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved