'कार्पेट तथा गलैंचाको निर्यात ३ गुणाले बढाउन सकिन्छ'

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Sep 28, 2023 | 02:16:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले साथ दिएको खण्डमा कार्पेट तथा गलैचाको निर्यात ३ गुणासम बढाउन सकिने व्यवसायीहरुले बताएका छन्। सरकार र व्यवसायीहरु मिलेर कार्पेटको थप मागको पहिचान गर्ने हो भने अहिलेको भन्दा ३ गुणा धेरै कार्पेट निर्यात हुने व्यवसायीहरुले बताएका हुन्।

नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष तेन्जिङ शेर्पा स्वदेशमा नगन्य माग रेहेको नेपाली कार्पेटको मुख्य बजार विदेश नै भएको बताउछन्। सरकार र व्यवसायी मिलेर विदेशमा कार्पेटका थप बजारको खोजि गर्ने हो भने निर्यात ३ गुणा बढ्ने उनी बताउछन्। उनका अनुसार सरकार र व्यवसायीले विदेशमा नेपाली कार्पेटको मार्केटिङ जति गर्नुपर्ने हो त्यो भएको छैन् । 

उनका अनुसार  नेपालको कार्पेट उद्योगले हाल २ लाख भन्दा बढीलाई रोजगारी दिई रहेको छ। तर सरकारको अपरिपक्क नीतिका कारण असहजता बेहोर्नु परेको उनको उनको भनाई छ। सर्वप्रथम निर्यात व्यवसायीलाई कर्जाको व्याजदर धेरै भएको उनी बताउँछन् । निर्यात व्यवसायीले विदशबाट डलर भित्र्याउने, व्यापार घाटा कम गर्ने भएकाले आयातकर्ता व्यवसायीको तुलनामा व्याजदर कम हुनेपर्ने उनको तर्क छ ।


  

‘डलर बाहिर पठाएर सामान आयात गरेर बेच्नेलाई पनि व्याज त्यहि छ, हामी स्वदेशमा रोजगारी सृजना गरेर स्वदेशी उत्पादनलाई बाहिर पठाएर विदेशी मुद्रा भित्र्याउनेलाई पनि व्याजको दर एउटै छ ।’, प्रश्न गर्दै उनी भन्छन्, ‘मिल्यो त ? मिलेननी ।’ सहुलियत दरमा कर्जा पाएको खण्डमा कार्पेट व्यवसाय अझै फस्टाउने उनको दाबी छ। 

यसका साथै सरकारले भेडा पालनलाई प्रोत्साहन गर्न सके गलैंचा तथा कार्पेटका लागि चाहिने ऊन लगायतका कच्चा पदार्थ आयातमा विदेशिने रकम जोगिने उनी बताउछन्। यस क्षेत्रका लागि चाहिने कच्चा पदार्थ ९० प्रतिशत विदेशबाट नै आयात हुन्छ । सरकारले भेडापालनलाई प्रोत्साहन गरेमा विदेशिने रकम सञ्चित हुनुका साथै आत्मनिर्भरता बढ्ने उनको भनाई छ । जसका लागि कृषकहरुलाई सहुलियत दिएर, भेडाहरुको बीमा गरेर सरकारले सहयोग भेडापालनमा सहयोग गर्नुपर्ने उनको सुझाव छ। 

यस्तै निर्यात वापतको अनुदान पनि कम भएको अध्यक्ष शेर्पा बताउँछन् । विदेशी देशहरुले निर्यात वापतको अनुदान डबल डिजिटमा भएको उल्लेख गर्दै नेपालमा पनि त्यस्तै नियम हुनुपर्ने उनको भनाई छ । यतिमात्र नभएर निर्यात वापतको पाउनुपर्ने अनुदान समेत नपाएको उनले गुनासो गरे । 


निर्यातजन्य उद्योगको लागि चाहिने कच्चा पदार्थमा पूर्ण रुपमा भन्सार छुट हुनुपर्ने व्यवसायीहरुको माग रहेको अध्यक्ष शेर्पाले बताए । उनका अनुसार अहिले आयातमा ५ प्रतिशत भन्सार शुल्क लाग्दै आएको छ । यसका साथै कार्पेट तथा गलैंचा उद्योगका लागि चाहिले कर्मचारीहरुलाई सरकारले प्रयाप्त तालिमको व्यवस्था गर्नुपर्ने उनको माग छ। 

कार्पेट तथा गलैंचाको मूख्य बजार विदेश नै भएकाले नेपालमा भएको मन्दीले यस क्षेत्रलाई प्रभाव नपर्ने अध्यक्ष शेर्पा बताउँछन्। उनका अनुसार अन्तराष्ट्रिय जगतमा भएका घटना तथा मन्दीले भने यस क्षेत्रलाई प्रभाव पर्छ । युक्रेन रसिया युद्धले गँलैचा निर्यातमा केहिहदसम्म नकारात्मक असर परेको उनी बताउँछन् । उनका अनुसार सो युद्धले इन्धनको मूल्यमा वृद्धि भयो । जस्ले गर्दा ढुवानी खर्च बढ्यो । सँगै बस्तुको मूल्य पनि बढ्यो । जसले गर्दा माग केहि हदसम्म कम भयो । 

उनका अनुसार नेपालको कार्पेट तथा गलैंचा विश्वका करिब ५० देशमा निर्यात हुने गर्दछ । जसमध्ये सबैभन्दा धेरै अमेरिका, जर्मनी, बेलायत, फ्रान्स, इटली लगतयतका देशमा निर्यात हुने गर्दछ । यी देशपछि छिमेकि मुलुक भारत र चाईनामा नेपाली कार्पेट निर्यात हुने गर्दछ । हाल नेपालमा साना र ठूला गरि ७ सय बढी गलैंचा तथा कार्पेट उद्योगहरु छन् । 

गत आर्थिक वर्ष २०७९/०८० मा नेपालबाट करिब १२ अर्बको कार्पेट निर्यात भएको थियो । भन्सार विभागको तथ्यांक अनुसार चालु आव २०८०/०८१ को पहिलो दुई महिना अर्थात् साउन र भदौमा मात्रै एक अर्ब ९५ करोडको कार्पेट निर्यात भएको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved