घट्यो फलामे डण्डीको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2023 | 09:58:47 AM मा प्रकाशित

सामान्यतया दशैँ तिहार जस्ता चाडपर्व पछि निर्माणको सिजन सुरु हुन्छ । तर, यसपाली सिजनमै भौतिक निर्माणको क्षेत्र सुस्ताउँदा निर्माण सामग्रीको मूल्य घट्न थालेको छ । बजारमा माग नहुँदा अहिले फलामे छड उत्पादन गर्ने उद्योगहरुले भाउ घटाएका छन् । उत्पादित डण्डी बिक्रि नहुने समस्या बढेपछि उद्योगहरुले भाउ घटाएका हुन् । 

बजारमा अहिले फलामे छडको मूल्य प्रतिकिलो ७ रूपैयाँसम्म घटेको छ । १५ दिन अगाडीसम्म प्रतिकिलो १०३ देखि १०५ रूपैयाँमा खरिद बिक्रि भइरहेको फलामे डण्डीको भाउ अहिले घटेर ९५ देखि १ सय रूपैयाँमा झरेको छ ।

१०, १२ र १६ एमएमका डण्डीको भाउ अहिले प्रतिकिलो ९५ रूपैयाँ रहेको व्यवसायीहरु बताउँछन् । २० एमएम र २५ एमएमका डण्डीको भाउ किलोको १ सय रूपैयाँ छ । यद्यपी, केही कम्पनीको ब्राण्ड भ्यालु अनुसार एक दुइ रुपैयाँ तलमाथि रहेको व्यवसायीहरुले बताउने गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved