कारबाहीमा परेको सामुदायिक लघुवित्तको अवस्था अहिले कस्तो छ ? (भिडियो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 29, 2018 | 09:14:13 AM मा प्रकाशित

laxmi  sunrise bank

१० महिना अघि राष्ट्र बैंकको कारबाहीमा परेको सामुदायिक लघुवित्त वित्तीय संस्थाले हालै आईपिओ निष्काशन गरी बाँडफांड गरेको छ  । राष्ट्र बैंकको सुपरिवेक्षण बिभागले गरेको अनुगमनको क्रममा सामुदायिक लघुवित्तको विवरणमा कैफियत भेटिएको,  रिपोर्टमा संस्थागत शुशासन् नदेखिएको , कम्पनीमा अनियमितता देखिएको , कम्पनीले सार्वजनिक गरेका वित्तीय सूचकहरु अवास्तविक रहेकोले कम्पनीको आईपिओ रोकिएको थियो ।

३ महिना अगाडी मात्र कम्पनीको सीइओको रुपमा आएका  डा शिवहरि श्रेष्ठले अब कम्पनीमा कुनै समस्या नरहेको दाबी गरेका छन् । साथै उनले  पहिलो बर्ष १० प्रतिशत लाभांश दिने बताएका छन् । उनले यो नगद लाभांश हुन्छ कि बोनस हुन्छ भन्ने बारे संचालक समितिले पछि निर्णय गर्ने बताए । त्यस्तै उनले दोस्रो लाभांश सहित ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने योजना रहेको उनले बताए । हकप्रदपछि १५ प्रतिशत बोनस वितरण गर्ने उनले जानकारी दिए । 

आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १० करोड पुगेको छ  ।  बोनस र हकप्रद गरेर आगामी ५ वर्षमा २३ करोड चुक्ता पुंजी पुर्याईने सीइओ श्रेष्ठले जानकारी दिए । 

हेर्नुस भिडियो :



यो पनि : 

'सामुदायिक लघुवित्तका लगानीकर्तालाई १० प्रतिशत लाभांश र ७५ प्रतिशत हकप्रद'


सामुदायिक लघुवित्तको आईपिओ पर्यो कि परेन ? बिजपाटीमा यसरी हेर्नुस नतिजा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved