लघुवित्त बैंकर्स संघमा नयाँ कार्यसमिति, अध्यक्षमा बसन्त राज लम्साल निर्विरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2019 | 10:28:30 PM मा प्रकाशित

laxmi  sunrise bank

बसन्त लम्साल विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत तथा संघको अघिल्लो कार्यसमितिका महासचिव हुन। अध्यक्षका आकांक्षी लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मले उम्मेद्वारी फीर्ता लिएपछि लम्साल निर्विरोध निर्वाचित भएका हुन् । 

निर्वतनमा अध्यक्ष रामचन्द्र जोशी नेतृत्वको २ वर्षे कार्यकाल सकिएसँगै संघले आइतबार नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा फर्स्ट माइक्रोफाइनान्सका भेषराज पन्थी निवार्चित भएका छन् । अघिल्लो कार्यसमतिमा पन्थी कार्यसमिति सदस्य थिए । संघको सचिवमा वोमी लघुवित्तका प्रमेश आचार्य निविरोध निर्वाचित भएका छन् ।

महासचिवमा नेशनल माइक्रोफाइनान्सका सीईओ राम बहादुर यादवले डेप्राेक्सका सीईओं अमराज खड्कालाई पराजित गरेका छन। काेषाध्यक्षमा मेराे माइक्राेफाइनान्सका रामहरि दाहालले उन्नतिका प्रेम पाठकलाई पराजित गरेका छन्।

त्यस्तै सदस्यमा एनआरएनए लघुवित्तका इन्द्र कुमार शाह, नेपाल ग्रामिणका पर्वत कुमार कार्की, स्वाबलम्बनका भाजबहादुर बस्याल, समिटका देबेन्द बहादु शाह, नयाँ नेपालका सराेज घिमिरे र फरवार्ड कम्युनिटी लघुवित्तका आस नारायण चौधरी निर्वाचित भएका छन। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved