लघुवित्तको उद्घाटन गराउन प्रधानमन्त्रीको पावर !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 01:24:51 PM मा प्रकाशित

laxmi  sunrise bank

अरुलाई बैंकका शाखा कार्यालय र संस्थाको उद्घाटनमा नजान सुझाब दिने अर्थमन्त्री डा युबराज खतिवडा आफु भने एक लघुवित्तको उद्घाटन गर्न पुगेका छन। 

नेकपाका बरिष्ठ नेता बामदेव गौतमको समेत लगानी रहेको भनिएको काभ्रेको पनौतिमा रहेको अभियान लघुवित्त वित्तीय संस्थाको उद्घाटन गर्न पुगेका छन। अर्थमन्त्री खतिवडा प्रधानमन्त्रीको दबाब झेल्न नसकेपछि उद्घाटनमा पुगेका हुन। प्रधानमन्त्रीको पावर लगाएर लघुवित्तको उद्घाटनका लागि अर्थमन्त्रीलाई लगिएको हो । 

खतिवडाले आफु नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा अपवादका रुपमा शाखा र संस्थाको उद्घाटन गरेको भन्दै शाखा र संस्थाको उद्घाटनमा आफ्नो समय खेर नफाल्नलाई राष्ट्र बैंकको नेतृत्त्वलाई सुझाब दिएका थिए ।      

कार्यक्रममा पुर्व कृषि मन्त्री हरिप्रसाद पराजुली, नेकपा सांसद गंगाबहादुर तामाङ। बीमा समितिका पुर्व अध्यक्ष फत्त बहादुर केसी, नेपाल लघुवित्त बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष तथा महासचित लगायतको उपस्थिति थियो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved