आरम्भका शाखा प्रमुखलाई क्षमता बढाउने तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2019 | 04:33:00 PM मा प्रकाशित

laxmi  sunrise bank

आरम्भ लघुवित्तले आफ्ना २० वटै शाखाका प्रमुखहरुलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । प्रशिक्षकहरु पवन कुमार श्रेष्ठ, युवराज पौडेल, हरि प्रसाद सापकोटा, सन्तोष थापा लगायतले प्रशिक्षण दिएका थिए । 

२ दिनसम्म सञ्चालन भएको तालिममा शाखा प्रवन्धकहरुले जोखिममा रहेको कर्जा ब्यवस्थापन, उत्कृष्ट कार्य सम्पादन शाखा बनाउन आवश्यक उपाय, ब्यवस्थापन आन्तरीक तथा वाह्य लेखापरीक्षणका कैफियतहरु, केन्द्रीय बैंकले औंल्याएका कैफियतहरु, ग्राहक सदस्य अभिवृद्धि रणनीतिका बारेमा जानकारी लिएका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत पवन कुमार श्रेष्ठले संस्थाको पहिलो त्रैमासिक ९.२३ लाख नोक्सान भएकोमा २०७६̸०७७ को प्रथम त्रैमासिकमा ३२.२६ लाख नाफा रहेको जानकारी गराएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved