कालिका र जनसेवी लघुवित्तबीच अन्तिम मर्जर सम्झौता, अध्यक्षमा गौचन सीईओमा बोहरा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 09:27:22 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिका Kalika Laghubitta Bittiya Sanstha Limited  र जनसेवी लघुवित्तले एक आपसमा गाभिन अन्तिम सम्झौता गरेका छन्। मर्जरमा जानका लागि अन्तिम सम्झौता गरेर दुबै संस्थाले कात्तिक २९ गते शुक्रबार नै राष्ट्र बैंकमा जानकारी गराएका छन् ।

स्याङ्जाको वालिङ केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त र पर्वतको कुश्मा केन्द्रीय कार्यालय रहेका यि दुबै संस्थाहरु मर्जर भएपछि संस्थाको नाम कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड रहने छ। 

मर्जर पश्चात नयाँ बन्ने संचालक समितिको अध्यक्षता साविक जनसेवीका अध्यक्ष विकास गौचनले गर्ने छन् भने संस्थाको प्रमुख कार्यकारी अधिकृतमा कालिका लघुवित्तका प्रमुख कार्यकारी मिन बहादुर बोहरा रहने छन् ।

विकास गौचन सहित मर्जर पश्चातको सञ्चालक समितिमा कालिकाका हालका अध्यक्ष कृष्ण खाँण, मेघनाथ सुवेदी, सन्तोष श्रेष्ठ, शान्ता कुमारी उप्रेती, विश्वराज नेपाल र स्वतन्त्र तथा विशेषज्ञ सञ्चालकमा सि.ए. अनुराग वाग्ले रहने छन्।

मर्जर पश्चात पोखरा महानगरपालिका वडा नं. १० मा रजिष्टर्ड कार्यालय रहने गरि दुवै संस्थाको मर्जर पुषमसान्त भित्र सम्पन्न गर्ने सहमति भएको छ।

गाभिए पछि बन्ने कालिका लघुवित्तको अधिकृत पुंजी ५० करोड, जारि पुंजी २५ करोड २३ लाख ३० हजार तथा चुक्ता पुंजी २५ करोड २३ लाख ३० हजार रहनेछ। यस मध्ये संस्थापक समुहको १६ करोड २८ लाख अर्थात् (६४.५२%) तथा सर्वसाधारण समूहको ८ करोड ९५ लाख ३० हजार अर्थात् (३५।४८%) हुनेछ।   



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved