आईपिओ जारी गर्न लागेको साधना लघुवित्त राष्ट्रिय स्तरको

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2019 | 04:57:45 PM मा प्रकाशित

laxmi  sunrise bank

 साधना लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त कम्पनी बनेको छ । कम्पनीले तनहुँ जिल्लाको डुम्रेमा रहेको आर्थिक सम्वृद्धि लघुवित्तलाई गाभेसंगै राष्ट्रिय स्तरको बनेको हो । मङ्सिर ११ गते नेपाल राष्ट्र बैंकले कम्पनीलाई  नेपालभर कार्यक्षेत्र कायम भएको पत्र दिएको हो ।  

संस्थाको कुल निक्षेप ४० करोड, कुल लगानी १ अरव ४५ करोड, शाखा संख्या कुल ४७, सदस्य संख्या ३८,००० रहेको छ । वित्तीय संस्थाको हालको चुक्ता पूँजी रु १४ करोड ७० लाख रहेको छ । 

कम्पनीले  ६ करोड ३० लाख बराबरको  ६ लाख ३० हजार कित्ता आईपिओ निष्काशन गर्ने तयारी गरेको छ ।  हाल १४ करोड ७० लाख चुक्ता पूँजी रहेको साधारण शेयर निष्कासन पश्चात् जारी तथा चुक्ता पुँजी रु. २१ करोड पुग्ने छ । शेयर निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्ति भईसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved