गुराँस लघुवित्तको नायव कार्यकारीमा बस्नेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2019 | 12:00:45 AM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले भेष बहादुर बस्नेतलाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ। स्नातकोत्तर तह उर्तिण गरी विगत २४ वर्षदेखि लघुवित्त क्षेत्रमा कार्यरत बस्नेतले २३ वर्ष स्वाबलम्वन लघुवित्तमा बिभिन्न तह सहित बिभागीय प्रमुख सम्म र डिप्रोक्स लघुवित्तमा ६ महिना नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गरेको अनुभव छ।

कम्पनीले लघुवित्त क्षेत्रलाई नजिकबाट नियालेका बस्नेतले उक्त क्षेत्रको अध्ययन गरी सहायक स्तरबाट आफ्नो सेवा सुरु गरी विभिन्न पद र विभागमा कार्य गर्दे निरन्तर र अविचलित भई कर्ममा विश्वास गर्ने व्यक्तिका रुपमा आफुलाई स्थापित गर्दे आएको जनाएको छ ।

भेष बहादुर बस्नेतलाई गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले मंसिर १३ गते देखि नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरि मंसिर १५ गतेबाट लागु हुने गरि कम्पनी सचिवको समेत जिम्मेवारी दिएको हो।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved