गुराँस लघुवित्तको लाभांश पारित, चुक्तापुँजी ८ करोड नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2019 | 11:10:57 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लघुवित्त वित्तीय संस्थाको लाभांश पारित भएको छ। लघुवित्तको मङ्सिर १४ मा सम्पन्न चौथो बार्षिक साधारणसभाले ८.०१ प्रतिशत बोनस पारित गरेको हो।

सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ओम प्रकाश प्रसाई र डा. प्रियंका कटवाललाई निर्विरोध संचालकमा निर्वाचित गरेको छ । हाल वित्तीय संस्थाले प्रदेश नं. १ अन्तर्गतका १० जिल्ला कार्यक्षेत्र रहेकोमा ४ जिल्ला थप गरी प्रदेश नं. १ का सम्पूर्ण जिल्लाहरुमा कार्यक्रम विस्तार गर्ने गरी प्रदेश स्तरीय संस्था रहने निर्णय गरेको छ । 

संस्थाले हाल २६ वटा शाखा कार्यालय मार्फत १२ हजार भन्दा बढी विपन्न वर्गका परिवारलाई ७० करोड भन्दा बढी कर्जा प्रवाह गरी ११ करोड भन्दा बढी बचत परिचालन गरेको छ । बोनस शेयर वितरण पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी ८ करोड ३४ लाख पुगेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved