लक्ष्मी लघुवित्तको लाभाशं पारित, प्राप्तिको लागि संचालक समितिलाई अख्तियारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2019 | 03:59:45 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी लघुवित्त Laxmi Laghubitta Bittiya Sanstha Limited को साधारणसभाले प्रस्तावित लाभांश पारित गरेको छ । लघुवित्तको शुक्रबार सम्पन्न  आठौं बार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट संचालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको हो । 

 लघुवित्तले हाल कायम रहेको चुक्ता पूँजी.२४ करोड २० लाखको ११.३२ प्रतिशतले हुने २ करोड ७३ लाख ८४ हजार २११ नगद लाभांश (कर समेत) र  चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ३ करोड ६३ लाख बराबरको वोनश शेयर पारित गरेको हो । वोनश शेयर पश्चात कम्पनीको चुक्तापूँजी २७ करोड ८३ लाख पुग्नेछ ।

यस्तै लघुवित्तले सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको आ.व. २०७५/७६को वार्षिक प्रतिवेदन पारित गरेको छ भने प्रवन्धपत्र नियमावलीमा आवश्यक संसोधन समेत गर्ने निर्णय गरेको छ ।  लघुवित्त मर्जमा भने नजाने भएको छ तर राष्ट्र बैंकको लघुवित्तको संख्या घटाउने योजनालाई सहयोग गर्न अन्य उपयुक्त संस्थालाई प्राप्ती गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

लक्ष्मी  बैंकको सहायक कम्पनीको रुपमा स्थापित लघुवित्तले मुलुकको  ५२ जिल्लामा रहेका ६७ वटा शाखा कार्यालयहरु मार्फत ८३ हजार ग्राहक सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।  त्यस्तै लघुवित्तले ४ अर्व भन्दा बढी कर्जा लगानी गरेको छ भने सदस्यहरुबाट १ अर्ब ४५ करोड भन्दा बढी बचत संकलन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved