सबैको लघुवित्तको लाभांश पारित, शतप्रतिशत हकप्रद बिक्रि गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2019 | 09:08:23 AM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश पारित भएको छ। लघुवित्तको डुम्रे तनहुँमा सम्पन्न तेश्रो बार्षिक साधरणसभाले १३ प्रतिशत लाभांश पारित गरेको हो। गत आर्थिक बर्षको कमाईबाट १३ प्रतिशत बोनस सेयर पारित गरेपश्चात लघुवित्तको चुक्तापुंजी १८ करोड ६४ लाख ५० हजार पुगेको छ। 

लघुवित्तले बोनस सेयर वितरण पश्चात कायम चुक्ता पुंजीबाट शतप्रतिशत हकप्रद जारि गर्ने निर्णय गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव पौडेलले बताए ।    

सभामा सर्वसाधारण समुहको तर्फबाट २ जना सञ्चालकहरुः  श्याम प्रसाद श्रेष्ठ र  गोपाल जोशी निर्विरोध निर्वाचित भएका छन् । सभाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त अन्य “घ” वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ती गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ।

२०७४ आषाढ ३० बाट तनहुँको डुम्रेबाट लघुवित्त कारोवार शुरु गरेको सबैको लघुवित्तले २७ जिल्लाहरुमा ५१ शाखा कार्यालयहरु मार्फत् ३५ हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याएको छ। संस्थाले यस अवधी सम्म १ अर्ब ७९ करोड कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट ५२ करोड रुपैयाँ भन्दा बढी बचत संकलन गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved