धौलागिरी लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा जोशी नियुक्त्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2019 | 05:34:31 PM मा प्रकाशित

laxmi  sunrise bank

धौलागिरी लघुवित्त वित्तीय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृतमा शिवराम जोशी नियुक्त्त भएका छन् । संस्थाको सञ्चालक समितिले बुधबारबाट लागु हुनेगरि जोशीलाई नियुक्त्त गरेको हो । 

जोशी २०६३ चैत्रबाट छिमेक लघुवित्तमा फिल्ड सहायकबाट लघुवित्त सेवामा प्रवेश गरेका थिए । जोशीले, २०६६ मा मुक्तिनाथ विकास बैंकको लघुवित्त विभाग र २०६७ देखि २०७५ साउन २ गते सम्म तत्कालिन ओम डेभलपमेन्ट बैंकको लघुवित्त विभागमा प्रमुख भई कार्य गरेका थिए । २०७५ श्रावण देखि २०७६ मंसिर २२ गते सम्म कालिका लघुवित्त वित्तीय संस्थाको सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका जोशी लघुवित्त क्षेत्रका अनुभवी व्यक्ति मानिन्छन् । 

लघुवित्तले ३६ वटा शाखा मार्फत ७० करोड लगानी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved