वाेमी र नागरिकको एकिकृत कारोबार सुरु, डेपुटी गभर्नर भन्छन् 'मर्जर प्राथमिकतामा'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2019 | 06:26:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लघुवित्तको संख्या घटाउनु चुनौतीको रुपमा रहेको बताएका छन् । वाेमी माइक्रोफाइनान्स र नागरिक लघुवित्त एक भई सुरु गरेको एकीकृत कारोबारको उद्घाटन गर्दै उनले आगामी २-३ बर्षमा राष्ट्र बैंकलाई लघुवित्तको संख्या ३०-३५ मा झार्ने चुनौती रहेको बताएका छन् ।

उनले अहिले प्रविधिकाे विकास सँगै त्यसमा लगानी बढाउनुपर्ने चुनाैति रहेको तर साना संस्था लगाली गर्ने नसक्ने अवस्थामा भएकोले मर्जर आवश्यकता रहेकाे बताए । हिजाे वित्तिय पहुँच बढाउन राष्ट्र बैकले उदार नीति लिदै सोहि अनुरुप लाईसेन्स दिएको तर आजको अवस्थामा प्रतिस्पर्धा बढेको कारण पनि वित्तीय संस्थाहरु मर्जमा जानु पर्ने उनले बताए ।

उनले लगानीकर्ताको संख्या संगै वित्तीय पहुँचपनि बढ्दै गएकोले अब कम तर बलियो संस्था आवश्यक भएको बताए । सोहि अनुसार राष्ट्र बैकले वित्तिय क्षेत्र सुदृढीकरण नीति अन्तर्गत लघुवित्तकाे मर्जलाइ प्राथमिकतामा राखेकाे उल्लेख गरे । उनले हाल ९१ वटा लघुवित्त संचालनमा रहेकाेमा ३१ वटा मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेको बताए । मर्जर तथा प्राप्ति प्रक्रियापछि २० वटा जतिकाे इजाजत खारेज हुने र अब राष्ट्र बैंकले १० वटा मात्रै लघुवित्तलाई लाईसेन्स दिने उनले बताए । नयाँ लाईसेन्स वितरणपछि लघुवित्तकाे संख्या ८० हाराहारि हुने उनले बताए ।

उनले राष्ट्र बैंकको नीति लघुवित्तलाई सबल र बलियो बनाउने रहेकोले लघुवित्तहरु आफै मर्जमा जाने अपेक्षा गरिएको उनले बताए । तर लघुवित्तहरु मर्जरमा नगएमा राष्ट्र बैकले अर्काे विकल्प साेच्ने उनले बताए ।

कार्यक्रममा वोमी माइक्रोफाइनान्सका अध्यक्ष विन्ध्या प्रधान श्रेष्ठले दक्ष कर्मचारिकाे अभाव लघुवित्तको मुख्य चुनाैति भएको बताए । उनले लघुवित्तले बैकिङ क्षेत्रमा ६ प्रतिशत माथिकाे याेगदान दिएकाेमा पुँजी भने २६ अर्ब मात्रै रहेकाेले पुँजी बढाउनु पर्ने बताए ।

त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले ३-४ वटा लघुवित्त मिलेर सेवा प्रदान गर्दा राम्रो होला भनेर मर्जरमा गएको र आगामी दिनमा पनि मर्जरलाई निरन्तरता दिने बताए  । राष्ट्र बैककाे नितिलाइ सहयोग गर्न त्यसको 'पायोनियर' संस्थाकाे रूपमा मर्जरमा गएको र सुचिकृत लघुवित्त कम्पनीकाे पहिलाे मर्जर सफलतापुर्वक सम्पन्न भएको बताए। मर्जर पछि संस्थाकाे पुँजी २५ कराेड भन्दा बढी पुगेको छ भने शाखा संख्या ६१ र ४० हजार भन्दा बढी ग्राहक भएका छन्। कार्यक्रममा नागरिक लघुवित्तका संचालकले भने वाेमी बाट विभिन्न बहानामा दुख दिएकाे भन्दै दुखेसाे पाेखेकाे थिए ।

मर्जरपछि संस्थाको नाम वोमी लघुवित्त रहेको छ भने अध्यक्षमा वाेमीकै विन्ध्या प्रधान र प्रमुख कार्यकारि अधिकृतमा वाेमीका प्रमेश आचार्य रहेका छन्। काभ्रेको साँगामा रहेको साविकको नागरिकको कार्यालय कम्पनीको केन्द्रीय कार्यलय हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved