आँधिखोला र धौलागिरि लघुवित्तबीच मर्जर सम्झौता सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2019 | 03:40:40 PM मा प्रकाशित

laxmi  sunrise bank

आँधिखोला लघुवित्त र धौलागिरि लघुवित्तबीच मर्जर सम्झौता सम्पन्न भएको छ। स्याङ्गजाको बयरघारीमा केन्द्रिय कार्यलय रहेको आँधिखोला र बाग्लुङमा केन्द्रिय कार्यालय रहेको धौलागिरिबीच पुष २ गते पोखरामा दुवै संस्थाका मर्जर समितिका संयोजक र पदाधिकारीको उपस्थितिमा मर्जर सम्झौता भएको हो। 

मर्जर पश्चात बन्ने लघुवित्तको नाम 'धौलागिरी आधीँखोला लघुवित्त' हुनेछ भने केन्द्रिय कार्यालय पोखरामा रहनेछ। संस्थाको अध्यक्षमा धौलागिरीका इश्वरलाल राजभण्डारी तथा प्रमुख कार्यकारी अधिकृतमा आधीँखोलाका डोलराज के.सी र नायब प्रमुख कार्यकारी अधिकृतमा धौलागिरीका शिवराम जोशी रहने छन। दुवैबीच समान स्वाप अनुपातमा मर्जर भएको हो।      

त्यस्तै मर्जरपछि बन्ने सँस्थाको चुक्ता पूँजी १७ करोड पुग्ने छ भने शाखा संख्या ५५ पुग्नेछ। दुवै संस्थाबीच चैत अन्तिम सम्म मर्जर प्रकृया सम्पन्न गरि बैशाख १ देखि एकिकृत कारोबार गर्ने लक्ष्य रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved