देउराली लघुवित्त वित्तिय सस्था लिमिटेड संञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2019 | 11:29:04 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नं ५को अस्थायी बुटवलमा केन्द्रिय कार्यालय रहने गरी देउराली लघुवित्त वित्तिय सस्था लिमिटेड  संञ्चालनमा आएको छ।यो बित्तीय संस्था नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी ऐन २०६३ बमोजिम मिति २०७६÷०४ ÷१४ मा पब्लिक लिमिटेडको रुपमा दर्ता भएको थियो ।

देउराली लघुवित्त वित्तिय सस्था लिमिटेड बुटवल उप महानगरपालिका ४ पाल्पा रोड , रुपन्देहीलाई प्रदेश नम्बर ५ कार्य क्षेत्र भएको (घ) वर्गको वित्तिय सस्थाको रुपमा बैक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ को दफा ४९ को उपदफा ४ तथा बैकबाट जारी निर्देशन एव शर्तहरुको अघीनमा रही वित्तिय कारोबार सञ्चालन गर्न सोही ऐनको दफा ३४ ले दिएको अधिकार प्रयोग गरी २०७६ मंसिर २५ गते देखि वित्तिय कारोबार गर्न नेपाल राष्ट्रिय बैक केन्दीय कार्यलय बैक तथा वित्तिय संस्था नियमन विभाग काठमाडौले इजाजतपत्र दिएको छ ।

यस संस्थाले पुसको दोस्रोहप्ता देखि केन्द्रीय कार्यालय सहित ४ वटा शाखा संचालनमा ल्याउने विहिबार सस्थाका अध्यक्ष विनोद ज्ञवालीको अध्यक्षतामा बसेको संचालक समितिको बैठकले निर्णय गरेको छ ।

रुपन्देही सूर्यपुरा , पाल्पाको छहरा र गुल्मीको भेडुवामा एकैसाथ शाखा स्थापना गरिने छ । केन्द्रिय कार्यालयको को विधिवत उद्घाटन माघको पहिल्लो हप्ता गर्ने समेत बैठकले निर्णय गरेको छ ।

यो संस्थाको अधिकृत पुँजी ६ करोड र जारी पुँजी ४ करोड रहेको छ भने चुक्ता पुँजी २ करोड ४० लाख रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव ज्ञवालीले बताए। ६९ जना व्यक्तिहरु संस्थापक रहेको यस वित्तिय संस्थाको संचालक समितिको अध्यक्षमा विनोद ज्ञवाली ,संचालक सदस्यहरुमा दामोदर खनाल , बविता लम्साल , तिलक राज खनाल र राम प्रसाद घिमिरे रहेका छन् ।

यो लघुवित्त वित्तिय संस्था प्रदेश स्तरको पहिल्लो लघुवित्त हो । यस्को कार्यक्षेत्र रुपन्देही , पश्चिम नवलपरासी , पाल्पा , गुल्मी , अर्घाखाची , कपिलबस्तु , दाङ , बाँके , वर्दिया , पुर्वी रुकुम , प्यूठान र रोल्पा गरी १२ जिल्ला रहेको छ ।

आगामि ५ वर्ष भित्र प्रदेश भित्रका ७३ वटा गाउँपालिकामा शाखा कार्यालय विस्तार गरी वित्तिय पहुँच विस्तार गर्ने रणनिति लिएको छ । महिला पुरुष समान सहभागीताको अबधारणलाई विकास गरी उल्लेख्य मात्रामा स्थानीय उत्पादन र बजारीकरण मार्फत आर्थिक सम्बृद्धि सभ्भव छ त्यसका लागि वित्तिय पँहुचलाई नै मुख्य रणनैतिक साझेदारको रुपमा अगाडि सारेको संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले  वताए।

सस्थाले समूह वचत , व्यक्तिगत वचत , केन्द्र कोष बचत , विमा वचत लगाएत विभिन्न क्षेत्रमा लगानीको काम पनि गर्ने छ । संस्थाले सीप मुलक तालिम , वित्तिय साक्षरता कार्याक्रम , गोष्ठी , सामाजिक क्रियाकलापहरुमा समेत संलग्नता जनाउने  सदस्य दामोदर खनालले बताए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved