कालिका र जनसेवीलाई एकिकृत कारोबारको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2019 | 04:23:16 PM मा प्रकाशित

laxmi  sunrise bank

कालिका लघुवित्त Kalika Laghubitta Bittiya Sanstha Limited  र जनसेवी लघुवित्तलाई राष्ट्र बैंकले एकिकृत कारोबार गर्न अनुमति दिएको छ । स्याङ्जाको वालिङमा कन्द्रीय कार्यालय रहेको कालिका र पर्वतको कुश्ममाा रहेको जनसेवीबीच एक आपसमा गाभ्ने गाभिनको लागि राष्ट्र बैंकमा बुझाएकोसम्झौतामा राष्ट्र बैंकले अन्तिम स्वीकृती दिएको छ । कलिकाले जनसेवीलाई गाभे पश्चात संस्थाको नाम कालिका लघुवित्त रहने गरि राष्ट्र बैंकले स्वीकृति दिएको हो ।

मर्जर पश्चात संस्थाको अध्यक्षता जनसेवीका अध्यक्ष विकास गौचनले गर्ने छन् भने पहिलो साधारण सभाबाट अध्यक्षको जिम्मेवारी कालिकाका अध्यक्ष कृष्ण खाँणले गर्ने सहमति भएको छ । 

प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भने हाल कालिकाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले पाउने भएका छन् । अन्तिम सहमति पश्चात एक महिना भित्र एकिकृत कारोवार गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । 

संस्थागत रुपमा कालिका लघुवित्तको प्रवन्धपत्र तथा नियमावलीमा अधिकृत पूँजी पचास करोड, जारी पूँजीदश करोड असी लाख तथा चुक्ता पूँजी रु. दश करोड असी लाख रहको र जनसेवी लघुवित्तको अधिकृत पूँजी तीस करोड जारी पूँजी चौध करोड त्रिचालीस लाख तीस हजार र चुक्ता पूँजी पनि चौध करोड त्रिचालीस लाख तीस हजार रहेकोमा गाभिए पछि बन्ने संस्थाको कुल अधिकृत पूँजी पचास करोड जारी तथा चुक्ता पूँजी २५ करोड २३ लाख ३० हजार बराबर हुनेछ ।

एकिकृत कारोबार पश्चात संस्थाको शाखा संख्या ९६ पुग्नेछ । दुबै संस्थाले सदस्यहरुबाट ९८ करोड ५३ लाख बचत संकलन तथा बैंक वित्तीय संस्थाहरुबाट १ अर्ब २० करोड कर्जा लिई कुल २ अर्ब ४८ करोड रुपैंया सदस्यहरुलाई लगानी गरिरहेको छ ।

विकास गौचनसहित मर्जर पश्चातको सञ्चालक समितिमा कृष्ण खाँण, मेघनाथ सुवेदी, सन्तोष श्रेष्ठ, शान्ता कुमारी उप्रेती, विश्वराज नेपाल र स्वतन्त्र तथा विशेषज्ञ सञ्चालकमा सि.ए. अनुराग वाग्ले रहने भएका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved