कालिका र जनसेवी लघुवित्तको एकिकृत कारोवार शुरु, उत्कृष्ट प्रतिफलको प्रतिबद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2020 | 11:57:47 AM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जाको वालिङ प्रधान कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था र पर्वतको कुश्मा प्रधान कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोवार बुधवारबाट सुरु भएको छ। 

नेपाल राष्ट्र बैंक बाट एकिकृत कारोवारको अन्तिम स्वीकृती पश्चात वालिङ–८, स्याङ्जा स्थित कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयबाट एकिकृत कारोवारको शुरुवात भएको हो । 

राष्ट्रिय स्तरको कालिका लघुवित्त वित्तीय संस्था लिसंग जनसेवी लघुवित्त वित्तीय संस्था लि. गाभिए पश्चात कायम रहेको संस्थाको नयाँ सञ्चालक समितिका अध्यक्ष विकास गौचनको अध्यक्षता राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द पौडेलको प्रमुख आतिथ्यता र पुर्व निर्वाचन आयुक्त प्रमुख निलकण्ठ उप्रेतीको आतिथ्यतामा एकिकृत कारोवार शुभारम्भ सम्पन्न भएको हो।  

संस्थाका निवर्तमान अध्यक्ष कृष्ण खाँणले उपस्थित अतिथि एवं शेयरधनीहरुलाई स्वागत गर्दै दुई संस्था गाभ्ने गाभिने कार्यको लागि सहयोग गर्नुहुने दूवै संस्थाका पुर्व संचालक समितिका पदाधिकारी, कर्मचारीहरु र सम्पूर्ण सरोकारी निकायहरुलाई धन्यवाद दिए। 

विशेष अतिथि उप्रेती र प्रमुख अतिथि पौडेलले संस्था सम्बृद्धिका लागि संचालक समितिका पदाधिकारीहरु र कर्मचारीहरु  पुर्ण रुपमा जिम्मेवार र उत्तरदायी हुने भएकोले उत्कृष्ट कार्य सम्पादन गर्न सुझाव र शुभकामना दिए।

कार्यक्रममा मर्जर समिति संयोजक पद्मराज रेग्मी, निवर्तमान संचालकहरु कृष्णकाजी के.सी, नित्यानन्द तिवारी, तथा वर्तमान संचालक मेघनाथ सुबेदीले संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना सहित मर्जर कार्य सफल गर्नु हुने सरोकारी सवैलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्र बहादुर बस्नेत सहित संचालक समितिका सदस्यहरु शान्ता कुमारी उप्रेती, कुलप्रसाद गुरुङ, सन्तोष श्रेष्ठ, विश्वराज नेपाल लगायतको उपस्थिती थियो।

मर्जर पश्चात बनेको संस्थाको चुक्ता पुँजी २५ करोड २३ लाख ३० हजार र अधिकृत पुंजी ५० करोड रहेको छ । संस्थाले हाल २८ वटा जिल्लामा ९६ वटा शाखा संख्या सञ्जाल विस्तार सहित ५९ हजार सदस्यहरुलाई ३९२ जना कर्मचारीहरु मार्फत सेवा पुर्याइरहेको छ। 

मर्ज पश्चातको संस्थाले १ अर्ब ४७ लाख निक्षेप संकलन सहित सदस्यहरुलाई २ अर्ब ४५ करोड ५० लाख कर्जा सेवा दिइरहेको संस्थाका नायब कार्यकारी अधिकृत कमल बहादुर खत्रीले जानकारी दिए । कार्यक्रमको सञ्चालनको क्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव मिन बहादुर बोहराले चालु आर्थिक वर्ष भित्रमा नै थप २० वटा नयाँ शाखाहरु विस्तार सहित शेयरधनीहरुलाई उत्कृष्ट प्रतिफल सहितको कार्य योजना भएको बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved