ग्रामीण विकास लघुवित्त मर्जरमा जाने, संचालक समितिलाई अख्तियारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2020 | 06:06:16 PM मा प्रकाशित

laxmi  sunrise bank


सरकारी लगानीको  गा्रमीण विकास लघुवित्तले मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । लघुवित्तको पाँचौ वार्षिक साधारणसभाले अन्य लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि आवश्यक कार्यहरू गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव गारित गरेको हो ।

शुक्रबार बुटवलमा सम्पन्न साधारणसभाले लघुवित्तको अधिकृत पुँजी  १ अर्बबाट बढाएर २ अर्ब पुर्याउने निर्णय समेत गरेको छ । 

बुटवलमा केन्द्रिय कार्यलय रहेको लघुवित्तले गत आर्थिक वर्षमा ३२ करोड ११ लाख ६५ हजार मुनाफा आर्जन गरेको लघुवित्तले संचित कोष नो्क्सानीमा रहेको कारण लगानीकर्तालाई लाभांश घोषण गर्न सकेको थिएन । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले  ९ अर्ब ९० करोड कर्जा लगानी गर्दा आफ्ना सदस्यहरुबाट ३ अर्ब २३ करोड बचत संकलन गरेको संस्थाका अध्यक्ष मणीक्रत्न शाक्यले जानकारी दिए । 

साधारणसभामा स्वागत मन्त्यब्य राख्दै लघुवित्तका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले गरिबी न्यूनिकरण गर्ने अभियानमा ग्रामीण विकास लघुवित्तले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले हकप्रद शेयर पश्चात हाल संस्थाको जारी तथा चुक्ता पुँजी ९८ करोड २५ लाख पुगेको र पुँजी बृद्धिसँगै संस्थाको पुँजीकोष थप मजवुत हुँदा ब्यावसाय विस्थतारमा सघाउ पुगेको बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved