स्पर्स लघुवित्तको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2020 | 06:37:39 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पर्स लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गरेको छ । आइतबार पोखरामा सम्पन्न संस्थाको तेश्रो वार्षिक साधारणसभाले लाभांश पारित गरेको हो  । 

साधारणसभाले १३  प्रतिशत बोनस शेयर र बोनस शेयरको कर बापतको नगद रकम ५ लाल ६७ हजार ६४२ रुपयाँँ नगद लाभांश पारित गरेको हो  । बोनसपछि कम्पनीको चुक्ता पुँजी  ९ करोड ३७ लाख ४८ हजार १९० पुगेको छ । सभाले आर्थिक बर्ष ०७५।०७६ को वार्षिक प्रतिवेदन माथि छलफल, लेखापरिक्षण प्रतिवेदन, आर्थिक बर्ष ०७६।०७७ को लागि लेखा परिक्षक नियुक्ति गरेको छ ।  त्यस्तै सभाले संचालकजरुमा नारायणी देवकोटा र जगन्नाथ रिजाललाई चयन गरेको छ।

संस्थाले मर्जरको निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने र मर्जर पश्चात हुन आउने पुँजिको १ः१ हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved