लघुवित्त कार्यक्रमले पारेका प्रभावको अध्ययन गर्न सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2020 | 09:48:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लघुवित्त बैंकर्स सघंले नेपालमा संचालित लघुवित्त कार्यक्रमले समाजमा पारेको सामाजिक तथा आर्थिक प्रभाव अध्ययन गर्ने भएको छ । संघले सेन्टर फर माइक्रोफाइनान्स (सीएमएफ) को सहकार्यमा अध्ययन गर्ने भएको हो । 

अध्ययन सम्बन्धि सम्झौतामा संघका अध्यक्ष बसन्त राज लम्साल र सिएमएफका कार्यकारी अध्यक्ष रेवत बहादुर कार्कीले हस्ताक्षर गरेका हुन् । नेपाल धितोपत्र बोर्डको अध्यक्षबाट अवकाश पाएपछि कार्की सीएमएफमा आवद्द भएका हुन् ।

१ बर्ष भित्र नै अध्ययन सक्ने लक्ष्य रहेको संघले जनाएको छ । अर्थशास्त्री डा. विश्व पौडेलको नेतृत्वमा र नेपाल प्रशासनिक प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा काठमाण्डौं विश्व विद्यालयका डिन प्राध्यापक सुभास के.सीको निगरानीमा अध्ययन हुन् लागेको हो । 

सम्झौतामा हस्ताक्षर गर्दै संघका अध्यक्ष लम्सालले यस अध्ययनले नेपालमा लघुवित्त कार्यक्रमको अवस्था र यसले गरिवी न्युनिकरणमा खेलेको भूमिका तथा सामाजिक तथा आर्थिक क्षेत्रमा पारेको प्रभाव छर्लङ्ग हुनेमा विस्वस्त रहेको बताए । उनले सघंले आगामि दिनमा पनि यस्ता खोज मुलक कार्य गर्ने बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved