कालिका लघुवित्त Kalika Laghubitta Bittiya Sanstha Limited ले स्याङ्जाको पहिलो वाल गृहलाई आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले स्याङ्जाको फेदीखोला–१ स्थित अमोर वाल गृहलाई एक लाख रुपयाँ आर्थिक सहयोग गरेको हो ।
संस्थाका निवर्तमान अध्यक्ष एवं सञ्चालक कृष्ण खाँण र गण्डकी प्रदेश सांसद मोहन रेग्मीले संयुक्त रुपमा बालगृहकी अध्यक्ष कमला पराजुलीलाई एक लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् । संस्थाले हाल २८ वटा जिल्लामा ९६ वटा शाखा कार्यालय मार्फत सेवा दिदै आईरहेको छ ।