
ग्रामीण विकास लघुवित्त Grameen Bikas Laghubitta Bittiya Sanstha Limited को लेखापरीक्षण र प्रतिवेदन लेखन सम्बन्धी तालिम सम्पन्न भएको छ । संस्थाको प्रधान कार्यालय बुटवलको आयोजनामा तालिम फागुन २ र ३ गते सञ्चालन भएको हो ।
तालिममा संस्थाको आन्तरिक लेखापरीक्षण विभाग, क्षेत्रीय कार्यालय, इलाका र शाखा कार्यालयमा कार्यरत उपनिर्देशक, बरिष्ठ अधिकृत लगायत ३० जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।
तालिममा नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक नरेन्द्रसिंह विष्ट र अन्य चार्टर्ड एकाउण्टेण्टसले आन्तरिक लेखापरीक्षणको प्रचलित आधुनिक व्यवस्था, जोखिम व्यवस्थापन र सोको आधारमा गरिने आन्तरिक लेखापरीक्षणको स्वरुप, कार्यविधी, लेखापरीक्षण प्रतिवेदन लेखन विधि, लगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक तवरबाट प्रकाश पारेका थिए ।