ग्रामीण विकास लघुवित्तको अर्धवार्षिक समीक्षा सम्पन्न, सिइओ कार्कीले दिए यस्तो निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2020 | 04:10:50 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रामीण विकास लघुवित्त Grameen Bikas Laghubitta Bittiya Sanstha Limited को आ.व.२०७६/७७ को प्रथम अर्धवार्षिक कार्यक्रम तथा बजेट समीक्षा गोष्ठी सम्पन्न भएको छ । फागुन ४ र ५ गते बाँकेको नेपालगञ्जमा सम्पन्न गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव, सबै विभागिय प्रमुखहरू, पाँचै क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धकहरू सहभागि थिए ।

गोष्ठी उद्घाटनमा प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले अर्धवार्षिक प्रगति विवरणको अवस्था र संस्थाले हाल भोगेका समस्या, चुनौति र अवसरहरूको विश्लेषण गरी वार्षिक लक्ष्य पुरा गर्न अपनाउनु पर्ने रणनीति तर्जुमा गर्न गोष्ठीले मार्गनिर्देश गर्ने बताए । 

संस्थाका पाँचवटै क्षेत्रीय कार्यालय तथा विभागहरूबाट प्रस्तुत आ.व.२०७६/७७ को प्रथम अर्धवार्षिक अवधिको बजेट समीक्षा तथा कार्यक्रमको प्रगतिमाथि शाखागत छलफल हुनुका साथै तोकिएको लक्ष्य पुरा नभएका शिर्षकमा आगामी आषाढ मसान्तसम्म लक्ष्य पुरा गर्ने प्रतिबद्धता समेत गरिएको छ ।

गोष्ठी समापनमा प्रमुख कार्यकारी अधिकृत कार्कीले कर्जाको गुणस्तर उच्च राखी व्यवसायिक क्षमतालाई पूर्ण रूपमा सदुपयोग गरी वाषर््िाक कार्ययोजनामा तय भएका लक्ष्य हासिल हुने गरी कार्यसम्पादन गर्न निर्देशन समेत दिए । उनले ग्राहक संरक्षण तथा हितका लागि काम गर्नुपर्ने भन्दै ग्राहक उद्यमशीलता विकासका लागि तालिम, गोष्ठी र ग्राहकहरूको अवलोकन भ्रमणलाई थप प्रभावकारी रूपमा संचालन गर्न निर्देशन दिए ।

ग्रामीण विकास लघुवित्त (साविकको ग्रामीण विकास बैंक)ले हालसम्म ५७ जिल्लाका १८९ वटा इलाका÷ शाखा र  पाँचवटा क्षेत्रीय कार्यालयमार्फत सेवा दिँदै आएको छ । संस्थाको लगानीमा रहेको कर्जा १० अर्ब ३३ करोड, कुल बचत ३ अर्ब ४९ करोड र सञ्चालन नाफा (अपरिष्कृत) १७ करोड ५८ लाख रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved