आइपिओ ल्याउन लागेको एनआइसी लघुवित्तको वित्तीय अवस्था कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2020 | 11:12:28 AM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त क्षेत्रमा  हालसम्मकै ठूला कित्तामा आईपीओ ल्याउन लागेको एनआइसी एशिया लघुवित्तले चालु आवको ६ महिनामा ११ करोड १२ लाख नाफा गरेको छ । कम्पनीले गत आवको सोही अवधीमा ५ करोड ७७ लाख नाफा गरेको थियो । एक वर्षको अवधीमा कम्पनीको नाफा ९३ प्रतिशत बढेको छ ।

कम्पनीले व्याजबाट उच्च आम्दानी गरेपछि नापाm बढेको हो । कम्पनीले व्याज आम्दानीबाट मात्र ४२ करोड ३९ लाख ६८ हजार कमाएको छ । कम्पनीले गत आवको सोही अवधीमा १८ करोड ६५ लाख २५ हजार मात्र व्याजबाट आम्दानी गरेको थियो । 

कम्पनीले ४७ लाख ६६ हजार कित्ता सेयरको ४७ करोड ५५ लाख रुपैयाको आइपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डबाट स्वीकृती पाउनसाथ कम्पनीले सर्वसाधारणलाई आइपिओ विक्री गर्नेछ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्गस् नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ्ग दिएको छ । जाजरकोटको खलंगामा केन्द्रीय कार्यालय स्थापना गरी २०७४ मंसिर १२ गतेदेखि सञ्चालनमा आएको यस लघुवित्तले गत मंसिर २३ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभामार्फत आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको थियो ।

कम्पनीको दोस्रो त्रैमासम्म चुक्ता पुँजी १ अर्व ४५ हजार छ । आइपिओ बाँडफाँट भएपछि कम्पनीको सो पुँजी  १ अर्व ४८ करोड पुनेछ । कम्पनीले चालू आवको ६ महिनामा २२ करोड भन्दा बढी रुपैँया खुद ब्याज आम्दानी गरेको छभने १६ करोड २६ लाख संचालन नाफा गरेको छ । कम्पनीको जगेडा कोषमा २१ करोड ८८ लाख भन्दा बढी रुपैया छ । कम्पनीले ७९ करोड ४९ लाख निक्षेप संकलन गरेको छ । कर्जा प्रवाह ५ अर्व ३४ करोड गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved