१६ बुँदे घोषणा पत्र जारी गर्दै सकियो स्वावलम्बनको अर्धबार्षिक समीक्षा गोष्ठी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2020 | 05:40:19 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वावलम्बन लघुवित्त Swabalamban Laghubitta Bittiya Sanstha Limited  ले आर्थिक बर्ष २०७६।०७७ को अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । 

गोष्ठीमा चालु आर्थिक बर्षको दोश्रो त्रैमासको प्रगति समिक्षा, लक्ष्य पुरा गर्न लिनुपर्ने आगामी रणनीति कार्यक्रमको गुणस्तर सुधार, सदस्यको सुरक्षण तथा सम्बन्ध सुधार लगायतका विषयमा छलफल भएको कम्पनीले जनाएको छ । 

गोष्ठीले १६ बुँदे घोषणा पत्र जारी गर्दै गुणात्मक लघुवित्त सेवा प्रवाहका लागि कर्मचारीको क्षमता अभिबृद्धि, सामाजिक कृयाकलाप तथा ग्राहक संरक्षणका कार्य गर्ने जनाएको छ । त्यस्तै धेरै संस्थामा बसी क्षमता भन्दा बढी कर्जा लिने कार्य तथा कर्जाको दोहोरोपनालाई न्यूनिकरण गर्न अभिभावक भेला, वित्तिय साक्षरता तथा अन्तरक्रिया जस्ता कार्यक्रम आयोजना गर्ने निर्णय गोष्ठीले गरेको संस्थाले जनाएको छ ।

गोष्ठीमा इलाका कार्यालय विर्तामोड, इटहरी, लहान, बीरगंज अन्र्तगतका ३२ जना कार्यालय प्रमुखहरुको सहभागिता रहेको जनाईएको छ ।  गोष्ठी मोरङको सुन्दर हरैचामा फाल्गुण ७ र ८ गते सञ्चालन भएको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved