जनउत्थान लघुवित्तद्धारा वित्तीय साक्षरता तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2020 | 01:41:21 PM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त Janautthan Samudayic Laghubitta Bikas Bank Limited ले जलवायु अनुकुल उर्जा प्रविधिहरु तथा वित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको छ । कम्पनीले युके एड सक्षम एक्सेस टु फाईनान्स संगको सहकार्यमा प्रशिक्षण गरेको हो ।

फागुन १८ र १९ गते नवलपुरको पिप्रहर सामुदायिक होमस्टेमा प्रशिक्षण भएको कम्पनीले जनाएको छ । कम्पनीले  पर्सा, चितवन, तनहुँ, नवलपुर, नवलपासी, पाल्पा, अर्घाखाँची र गुल्मी जिल्लाका १२ वडा शाखा कार्यालयमा कार्यरत ४७ जना कर्मचारीहरुलाई तालिम दिएको हो । 

संस्थाका बरिष्ठ अधिकृत इन्द्र बराली र सन्तोष रसाइलीले सुधारिएको चुलो, सोलार वाटर पम्प, वायो ग्याँस, सोलार वाटर हिटर, सोलार विद्युत प्रणाली, सोलार फ्रिज, सोलार ड्रायर, सोलार कुटानी पिसानी, ई–रिक्साहरु को प्राविधिक विषेशताहरु बारे तालिम दिएको कम्पनीले जनाएको छ  । 

संस्थाले यस अगावै युके एड सक्षम एक्सेस टु फाइनान्स संगको सहकार्यमा संस्थाको ७ वटा जिल्लका २१ वटा शाखा कार्यालयहरुमा यस सम्बन्धी तालिम दिएको बताएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त यस लघुवित्तले १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा दिदै आएको छ । 

लघुवित्तको पँहुच बाट बञ्चित करिब ४२, हजार गरीव तथा विपन्न घरपरिवारलाई यस लघुवित्तले  वित्तीय सेवा प्रदान गर्दै आएको छ । हाल सम्म संस्थाले समुह सदस्यहरुबाट करिव ४९ करोड बचत संकलन गरेको छ भने करिव  १ अर्व ५३ करोड कर्जा लगानी रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved