जन्मियो लघुवित्तका साहुहरुको संगठन, अध्यक्षमा पोखरेल (कार्यसमिति सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2020 | 09:41:10 AM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त संस्थाका सञ्चालकहरुको संघ घोषणा भएको छ । शुक्रबार लघुवित्तका सञ्चालकहरुको भेलाले चौतारी लघुवित्तका अध्यक्ष जगत बहादुर पोखरेलको अध्यक्षतामा ‘लघुवित्त संघ, नेपाल’को घोषणा गरेको हो । संघको उपाध्यक्षहरुमामा ग्रामिण लघुवित्तका माणिक रत्न शाक्य र फरवार्ड लघुवित्तका भगवती चौधरी रहेकी छिन् । 

महासचिवमा जनउत्थान लघुवित्तका बाबुराम विश्वकर्मा, सचिवमा सूर्योदय लघुवित्तका अनन्त कुमार श्रेष्ठ र कोषाध्यक्षमा आँधिखोला लघुवित्तका नरेश केसी रहेका छन् । संघको सदस्यहरुमा वोमि लघुवित्तका बिमला उपाध्यय घिमिरे, अभियान लघुवित्तका बाबुराम थापा र सुपर लघुवित्तका किरण चौधरी छन् । 

संघले आफूहरुको संघ विशुद्ध गैह्रसरकारी संस्था भएको र आगामी दिनमा लघुवित्त महासंघ बनाउने लक्ष्य रहेको बताएकाे छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved