एनआईसी एशिया लघुवित्तले थप १० प्रतिशत ब्याज छुट दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2020 | 01:23:34 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया लघुवित्तले ब्याज छुट दिने भएको छ । ऋणीले वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत र हर्जाना ब्याजको सतप्रतिशत मिनाहा गर्ने संस्थाले जनाएको छ । 

त्यस्तै राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम ऋणीहरुलाई चैत्र मसान्तसम्म कायम रहेको कर्जा ब्याज दरमा ३ प्रतिशत ब्याज छुट प्रदान गरे पश्चात हुन आउने ब्याज रकममा समेत १० प्रतिशत अतिरिक्त छुट प्रदान गर्ने संस्थाले जनाएको छ । उक्त छुट रकम जेष्ठ महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहक सदस्यको खातामा जम्मा हुने बताइएको छ ।

साथै राष्ट्र बैंकको निर्देशन वमोजिम २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गरेका ऋणीहरुको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुट रकम १९ लाख ८३ हजार ५ सय ६७.८७ रुपैयाँ ग्राहकको खातामा जम्मा गरिसकेको संस्थाले जानकारी दिएको छ ।

राष्ट्र बैंकले मिति २०७७।१।१६ गते कोभिड-१९ बाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुको २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दरमा ३ प्रतिशतले कम गर्न निर्देशन जारी गरेको थियो । उक्त निर्देशनमा ऋणीहरुको २०७६ चैत्र मसान्तमा कायम ब्याजदरमा ३ प्रतिशत कम गरी आर्थिक वर्ष २०७६।७७ को चौथो त्रयमासको ब्याज रकममा गणना गर्नुपर्ने तथा यसरी ब्याजदर गणना गर्दा बैंक तथा वित्तीय संस्थाहरु आधारदर भन्दा कम गर्न बाध्यकारी नहुने व्यवस्था रहेको छ । उक्त छुट खाद्यान्न प्रशोधन तथा विक्री वितरण, ग्यास उत्पादन तथा विक्री वितरण, सोप एण्ड केमिकल्स, औषधी विक्री वितरण, दुरसंचार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग र सञ्चालनमा रहेका जलविद्युत परियोजनाहरु जस्ता क्षेत्रहरुमा नपाइने निर्देशनमा उल्लेख भएको थियो ।

संस्थाले ४७ करोड ५५ लाख बराबरको प्रथमिक सर्वसाधारण शेयर निष्काशन निकट भविष्यमा जारी गर्ने व्यवस्था गरेको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved